काठमाडौं । वायुसेवा संचालक संघले सगरमाथा राष्ट्रिय निकुञ्जको खुम्बु क्षेत्रमा सबै हवाई उडान रोक्न चेतावनी दिएको छ ।
निकुञ्जले उक्त क्षेत्रमा व्यावसायिक हेलिकोप्टर उडानलाई रोक लगाउने निर्णय गरेपछि संघले अन्य फिस्ड विङ्ग उडान पनि रोक्ने चेतानी दिएको हो ।
संघका अध्यक्ष मनोज कार्कीले विज्ञप्तिमार्फत आगामी बुधबारसम्म त्यस क्षेत्रमा निजी उडानलाई लगाइएको प्रतिबन्ध खुला नगरे यही माघ १० गतेदेखि लुक्ला लगायत सोलुखुम्बु क्षेत्रमा हुँदै आएका नियमित फिस्ड विङ्ग उडान रोक्ने जानकारी गराएका हुन् ।
पासाङ ल्हामु गाउँपालिकाले पुस १७ गतेदेखि खुम्बु क्षेत्रमा पर्यटकका लागि हुने व्यावसायिक हेलिकोप्टर चार्टर उडानलाई रोकेको थियो । त्यस्तै, राष्ट्रिय निकुञ्ज कार्यालयले ११ वटा हेलिकोप्टर कम्पनीलाई पत्र लेख्दै पुस १७ देखि संरक्षित क्षेत्रमा व्यावसायिक उडान नगर्न निर्देशन दिएको थियो । यद्यपि, जिल्ला प्रशासनको कारबाही गर्ने चेतावनीपछि निकुञ्ज कार्यालयले भने आफ्नो निर्णय फिर्ता लिइसकेको छ ।
वायुसेवा सञ्चालक संघल संविधानले प्रदान गरेको मौलिक अधिकारलाई नियन्त्रण गर्ने अधिकार गाउँपालिकालाई नरहेको जनाउँदै उक्त निर्णय कानुन विपरीत रहेको समेत दाबी गरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.