add

जीवन बीमा कम्पनीले ६ महिनामै संकलन गरे ७४ अर्ब बढी प्रिमियम, कुनले कति ?






ActPro Nepal

|

१२ माघ, २०८०

|
236

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीले ७४ अर्ब बढी प्रिमियम संकलन गरेका हुन् । पुष मसान्तसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ ।

यस अवधिमा नेपाल लाइफले मात्रै २० अर्ब २ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २६.९६ प्रतिशत हिस्सा हो । यसैगरी , यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले दोस्रो धेरै ८ अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यस्तै, हिमालयन लाइफले ८ अर्ब ९ करोड, राष्ट्रिय जीवन बीमाले ४ अर्ब ७५ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८ अर्ब ६६ करोड, एशियन लाइफ ३ अर्ब ७२ करोड बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै, सूर्यज्योति लाइफले ४ अर्ब २८ करोड, मेट लाइफ २ अर्ब ६८ करोड, आइएमई लाइफ २ अर्ब १० करोड, सन नेपाल १ अर्ब ७८ करोड, रिलायबल लाइफ १ अर्ब ९३ करोड, सिटिजन लाइफ २ अर्ब ७३ करोड, सानिमा लाइफ २ अर्ब ८५ करोड र प्रभुमहालक्ष्मी लाइफले सबैभन्दा कम २ अर्ब ३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

समीक्षा अवधिमा लघुबीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको ६ महिनामा जम्मा २ करोड ५२ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् ।

जसमा गार्डियन माइक्रो लाइफले ६६ लाख ३६ हजार, क्रेष्ट माइक्रो लाइफले १ करोड ५७ लाख र लिबर्टी माइक्रो लाइफले २८ लाख २६ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.