add

एमालेले सरकारलाई बुझायो जनताका ७ सय ५१ माग






ActPro Nepal

|

९ माघ, २०८०

|
400

काठमाण्डौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७ सय ५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सो पत्र बुझाएका हुन्।

गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको मध्यपाहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।

ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो। ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको बताए।


प्रधानमन्त्री प्रचण्डले ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने जानकारी दिएको पनि ज्ञवालीले बताए।

ध्यानाकर्षण पत्रमा मध्यपहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायतका विषयहरु उल्लेख छन् । यी विषय कार्यान्वयनको पहलका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.