add

आईएमई लाइफ इन्स्योरेन्स अधिकतम ८० रुपैयाँसम्मको नयाँ बोनसदर सार्वजनिक






ActPro Nepal

|

२ माघ, २०८०

|
126

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमितलाई प्रतिहजार अधिकतम ८० रुपैयाँसम्मको नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणको आधारमा नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराएर नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

सार्वजनिक वित्तीय विवरण अनुसार सार्वजनिक नयाँ बोनसदर अनुसार आईएमई लाइफका बीमितले प्रतिवर्ष प्रतिहजारमा न्यूनतम २२ देखि अधिकतम ८० रुपैयाँ बोनस पाउनेछन् ।

आईएमई लाइफका बीमितले सामूहिक बाल सावधिक बीमालेखमा बीमितले बीमा अवधि अनुसार प्रतिवर्ष प्रतिहजारमा ३२ देखि ७० रुपैयाँँसम्म बोनस पाउनेछन् । त्यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले प्रतिवर्ष प्रतिहजारमा ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनस पाउनेछन् । यसैगरी अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा ३२ देखि ६३ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमामा ३० देखि ६३ रुपैयाँ बोनस दर पाउनेछन् ।

त्यस्तै, बाल अग्रिम भुक्तानी सावधिकमा बीमाको अवधि अनुसार प्रतिवर्ष प्रतिहजार ३० देखि ६५ रुपैयाँसम्म, बाल अग्रिम भुक्तानी सावधिक बीमामा ३० देखि ६० रुपैयाँसम्म र वार्षिक अग्रिम भुक्तानी बीमालेखमा सबै अवधिमा २२ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.