add

नेपाल पुनर्बीमा कम्पनीको नाफामा उछाल






ActPro Nepal

|

२७ पुष, २०८०

|
175

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नाफामा उछाल आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६१.५५ प्रतिशतले बढेको छ ।

कम्पनीले गत असार मसान्तसम्म जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल १ अर्ब ८ करोड ८६ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४१ करोड ४७ लाख ८५ हजार रुपैयाँ धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले कुल ६७ करोड ३८ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको जीवन र निर्जीवन दुवै बीमा व्यवसायको नाफाबा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले अघिल्लो वर्ष जीवन बीमातर्फ १० करोड ८८ लाख रुपैयाँ खद नाफा कमाएमा गत वर्ष बढेर १७ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, निर्जीवन बीमा व्यवसायमा खुद नाफा ६१.४१ प्रतिशतले बढेर ९१ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले निर्जीवन बीमाबाट ५६ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

समीक्षा अवधिमा कम्पनीको जीवन र निर्जीवन दुवैतर्फको खुद बीमा शुल्क संकलन भने घटेको छ । अघिल्लो वर्ष कम्पनीले निर्जीवन व्यवसायबाट ८ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा गत वर्ष घटेर ५ अर्ब ५० करोडमा सीमित भएके छ ।

त्यस्तै, जीवन बीमा व्यवसायमा अघिल्लो वर्ष १ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा गत वर्ष घटेर २ अर्ब १ करोड रुपैयाँमा झरेको छ ।

हाल १२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३८ करोड रुपैयाँ संचिति छ । जसमा निर्जीवन बीमाकोषमा ३ अर्ब ४३ करोड र जीवन बीमातर्फ ७१ करोड १९ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ८.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.५९ रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.