add

हिमालयन लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न






ActPro Nepal

|

२६ पुष, २०८०

|
428

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को बाह्रौँ वार्षिक साधारण सभा बुधबार काठमाडौँमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीकोे अध्यक्षतामा सम्पन्न सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ । सभामा, वित्तीय संस्थाका अध्यक्ष बिजय मान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनीहरुको अपेक्षा पुरा गर्न संस्था कटिबद्ध रहेको कुरा व्यक्त गरे ।

संस्थाको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सेयरधनीहरु र नियामक निकायहरुको साथ र सहयोगको अपेक्षा सहित उपस्थित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफलता पूर्वक सम्पन्न गर्नको लागि सहयोग भएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गरे ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै ४ अर्ब ४० करोड भन्दा बढी लगानी गरेकोे छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.