काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याएका छन् ।
बाग्मती प्रदेश कांग्रेस प्रथम सम्मेलनमा शनिबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ । निष्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन जरुरी छ ।’
बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली कांग्रेसको समस्या भएको उनले बताए । आन्तरिक निर्वाचनमा आम निर्वाचनभन्दा चर्को रुपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्यो भने बैठकमै नआउने कांग्रेस पार्टीको समस्या भएको उनले स्पष्ट पारे ।
उनले भने, ‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ । यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ । हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलगअलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ ।’
उनले भने, ‘संसद्मा हाम्रो तीन गुण बढी संख्या छ । यद्यपि यो परिस्थितिमा गठबन्धन सरकार बनेको हो । हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो । यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काही पुग्दैनौँ ।
संगठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ । यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन ।’
पछिल्लो समय विभिन्न स्वार्थ समूहले सताएको बताउँदै अर्थमन्त्री डा महतले इमान्दार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह मेरा विरुद्ध खिनिएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।