add

समाजसेवी दलबहादुर : डेढ करोड खर्चेर बनाए मन्दिर






ActPro Nepal

|

५ पुष, २०८०

|
449

मनहरी । हेटौंडाका एकजना समाजसेवीले रु  एक करोड ५० लाखको लगानीमा  मन्दिर निर्माण गरेका छन्। 

हेटौंडा उपमहानगरपालिका– ७ निवासी दलबहादुर खड्काले सोही वडाको  नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गरेका हुन्।

सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गरेका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गरे। व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बनेका उनी बाल्यकालदेखि नै धर्मकर्ममा लागेका हुन्।  भगवानको सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उनले राससलाई बताए।

व्यवसाय गरेर प्रशस्त आम्दानी गर्नुभएका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने उनी बताउँछन्। सुरुमा पचास लाखको योजनासहित मन्दिर निर्माणमा जुटेका खड्काले काम गर्दै जाँदा रु एक करोड ५० लाख खर्च भएको बताए।

वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो।c


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.