add

कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु हुँदै






ActPro Nepal

|

५ पुष, २०८०

|
125

काठमाडौ । नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजदेखि सुरु हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवाले ऐतिहासिक तिरुहुतिया गाछीमा सम्मेलनको उद्घाटन गर्ने छन् ।

 धनुषाधाममा आयोजना हुने सम्मेलन आज र भोलि दुई दिन चल्ने छ ।

ऐतिहासिक तिरुहुतिया गाछीमा आयोजना हुने उद्घाटन सत्रमा ५० हजारभन्दा बढी नेता, कार्यकर्ता र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने बन्द सत्रमा ८ सयभन्दा बढी प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारीको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।

प्रदेश सम्मेलन अगावै कांग्रेसले बाँकी रहेका वडादेखि जिल्ला तहसम्मको सम्मेलन गरी प्रदेश प्रतिनिधि छनोट गरिसकेको छ ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.