add

यौनशक्तिवर्धक वनस्पति






ActPro Nepal

|

४ पुष, २०८०

|
463

काठमाडौं । प्राचीन ग्रिसेली सभ्यतामा प्रेमकी देवी ‘अफरोडिट’ को चर्चा हुन्थ्यो। जसले समुद्रबाट निस्किएर ‘इरोस’ नामक देवलाई जन्म दिइन्। इरोसलाई राम्रो यौन सम्बन्धको प्रतीकका रूपमा बुझ्ने गरिन्थ्यो। यसै प्रतिकात्मक पौराणिक श्रुतिबाट ‘अफरोडिसिक’ अर्थात् यौनशक्तिवद्र्धक र बलवद्र्धक खानेकुराहरू भन्ने शब्द जन्मिएको मानिन्छ।

पूर्वेली सभ्यतामा रसायन तथा वाजीकरण भनेर आयुर्वेदमा एउटा छुट्टै अध्ययन क्षेत्र वा विशेषज्ञ विभाग उल्लेख गरिएको छ। यसको तात्पर्य सम्पूर्ण शरीरको सुस्वास्थ्यको ऐनाका रूपमा यौन क्षमतालाई मानेर त्यसको विकास र समृद्धिका लागि आवश्यक सेव्य औषधि र उपायका बारेमा अध्ययन गर्ने हो।

हामीले दैनिक रूपमा खाने गरेका वा हाम्रै वरिपरिका वातावरणमा उब्जने, फल्ने वा फुल्ने प्राकृतिक जैविक तìवहरूमा त्यो क्षमता रहेको हुन्छ भन्ने कुरा पूर्वमा वेद, उपनिषद्, पुराण तथा पश्चिममा धर्मग्रन्थहरू र आधुनिक विज्ञानको पनि चासोको विषय रहिआएको छ। अथर्ववेदमा त विविध वनस्पतिको उल्लेख पाइन्छ। यस्ता खाद्य तत्वलाई दुई भागमा बाँड्न सकिन्छः

१. पुरुषका लागि उपयोगी

२. स्त्रीका लागि उपयोगी

१. अदुवा : पुरुषमा यौन शक्तिवर्धनका लागि अदुवाको प्रयोग उपयोगी मानिएको छ। यसले पुरुषको लिङ्गलगायत सम्पूर्ण यौन क्षमताको विकास गर्ने विश्वास गरिन्छ।

२. बेलको पात : बेल यस्तो रुख हो जसका पातलाई हिन्दु संस्कृतिमा शिवको पूजाआराधना गर्दा चढाउन आवश्यक मानिन्छ। यस कुराको साङ्केतिक अर्थ पनि छ। बेलका पातको नियमित सेवन गर्नाले मानसिक शक्ति विकास हुने र एकाग्रता बढाएर त्यसका माध्यमबाट लिङ्ग उत्तेजना गर्ने र त्यसलाई आवश्यक समयसम्म कायम राख्न सकिने विश्वास गरिन्छ।

३. मह :  महमा फ्रक्टोज नाम गरेको कार्बोहाइड्रेट हुन्छ। जो माहुरीद्वारा मह बनाउन प्रयोग गरिने फूल र वनस्पतिबाट आउने गर्छ। यसलाई नियमित रूपमा रातिको भोजनपछि सेवन गर्नाले शक्ति प्राप्त हुने र त्यस शक्तिले खासगरी यौन उत्तेजना उत्पन्न गर्न र त्यसलाई कायम राख्न मद्दत गर्ने विश्वास गरिन्छ।

४.लिची : लिची यस्तो फल हो जुन जेठ–असार महिनातिर फल्छ र बाहिरबाट काँढैकाँढा भएको बोक्राले छोपिएको हुन्छ। त्यसको भित्रपट्टि सेतो, कमलो मासुजस्तो भाग हुन्छ। 

यसमा पुरुषत्व र प्रजनन शक्ति बढाउने (शुक्रकीटको क्षमता बढाउने) तत्व भएको मानिन्छ। यसका अतिरिक्त यसले कमजोरी घटाउने र स्फूर्ति बढाउने तथा पुरुष यौनाङ्गमा शिथिलता आउन नदिने विश्वास गरिन्छ।

५. मका : यो दक्षिण अमेरिकाको पेरु देशमा फैलिएको एन्डिज पर्वतमालामा पाइने एकथरी रुखको जरा हो। यसले यौनेच्छा बढाउने, लिङ्गको कडापन बढाउनुका साथै पुरुषको चरम आनन्दलाई वृद्धि गर्ने विश्वास गरिन्छ।

६. मुइरापुवामा : यो दक्षिणी अमेरिकाली महादेशमै अवस्थित अर्को देश ब्राजिलमा पाइने एक किसिमको घाँसको घारी हो। यसमा यौन संवेदनाका नसालाई उत्तेजित गरी शारीरिक र मानसिक यौन आनन्द बढाउने क्षमता भएको विश्वास गरिन्छ।

७.माछा : खासगरी ओएस्टर, लोब्स्टर, मुसेल तथा अन्य जातका माछा र तिनमा पाइने तेल एवं माछाका टाउकामा यौनवर्धक तत्व हुने विश्वास गरिन्छ।

८. रोडिओला रोजिया : यस नामको वनस्पतिले यौन क्षमता बढाई मानिसको यौनशक्ति वृद्धि गर्ने तथा शीघ्रपतनको रोकथाममा यो उपयोगी हुने विश्वास गरिन्छ। साथसाथै यसले परिपक्व उमेरका पुरुषलाई युवाजस्तो यौनजीवन बिताउन सहयोग गर्दछ भन्ने विश्वास छ।

९. जिन सेङ : जिन सेङ यस्तो खनिज पदार्थ हो जो चीन, कोरिया,  अमेरिकालगायत विश्वका अन्य केही भागमा पनि पाइन्छ। यसले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाएर तथा मस्तिष्कमा डोपामिनको मात्रा र असरलाई चुस्तदुरुस्त राखेर नपुङ्सकता हटाउने तथा यौन उत्तेजना बढाउने काम गर्दछ।

१०. हरनिगोटविड : यो पातैपात हुने एक प्रकारको वनस्पति हो। पुरुष यौनशक्तिवर्धकका रूपमा काम गर्ने विश्वास गरिन्छ।

११.दामियाना : यो खसीबाख्राको आहारका रूपमा प्रयोग हुने जलमा पाइने एक किसिमको वनस्पति हो। यसले बारम्बार यौनसम्पर्क राख्न इच्छा लाग्ने तथा चरम आनन्दको स्तर वृद्धि गरी पुरुष यौन कमजोरीलाई हटाउन मद्दत गर्दछ। साथै यसले पाचनप्रणालीको भित्री झिल्लीलाई पनि स्वस्थ राख्छ भन्ने विश्वास गरिन्छ। 

१२. एसप्यारागस : लिङ्ग आकारको यो सूक्ष्म वनस्पतिलाई प्रेमको आहार पनि भन्ने गरिन्छ। यसमा हुने पोटासियमले शरीरका दोषयुक्त पदार्थलाई शरीरबाट फाली शरीरमा पानीको सन्तुलन मिलाएर अप्रत्यक्ष रूपमा यौन क्षमतामा पनि वृद्धि गर्ने विश्वास गरिन्छ। 

१३.आर्जिनिन : प्रोटिनयुक्त खानाहरू, जस्तै गेडागुडी, अण्डा, नरिवलको दूध, चिज आदि खाद्य पदार्थमा पाइने यो एक किसिमको एमिनो एसिड हो। 

यसले नाइट्रिक अक्साइड तयार गरेर यसका माध्यमबाट यौनाङ्गमा रगत प्रवाह बढाउँछ। लिङ्गको कडापनका लागि नाइट्रिक अक्साइड प्राथमिक तìव मानिन्छ। साथसाथै यसमा उमेरका परिवर्तनहरू कम गर्ने एन्टिअक्सिडेन्ट गुण पनि हुन्छ। यसका कारणले पुरुषत्व र यौवनलाई वृद्धावस्थामा पनि निरन्तरता दिन यसले मद्दत गर्दछ। 

त्यसका साथै शुक्रकीटको अग्रगति लिने क्षमतामा वृद्धि गरेर पुरुषका कारणबाट हुने बाँझोपन हटाउन यसले महìवपूर्ण भूमिका खेल्न सक्छ।

१४. अश्वगन्धा : झारका रूपमा जमिनमा उम्रने यो वनस्पति आयुर्वेदिक हिसाबले मस्तिष्कको तीक्षणता र यौनशक्तिको निरन्तरताका लागि अत्यन्त उपयोगी मानिन्छ।

१५. पाँचऔँले : नेपालका विभिन्न भागमा पाइने यो वनस्पति शास्त्रीय हिसाबले पनि यौनक्षमता वृद्धिका लागि उपयोगी मानिन्छ।

१६.केशर : यो खाद्य तत्व पनि आयुर्वेदिक दृष्टिकोणबाट यौनक्षमता र मानसिक एकाग्रताका लागि उपयोगी छ।

१७. यार्चागुम्बा : विश्वमा अहिलेसम्म कर्डिसेप्स वर्गमा पर्ने ढुसी (स्याक फङ्गस) हरूका ६८० भन्दा बढी प्रजाति पत्ता लागेका छन्। यीमध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अङ्ग्रेजीमा ‘क्याटरपिलर फङ्गस’ भनिन्छ। यार्चागुम्बा नेपाल र तिब्बतका हिमाली भेगमा पाइने एक प्रकारको बहुमूल्य जडीबुटीमा पर्दछ।

१८. काउछाको बीज ः काउछो कोसे वनस्पति हो। यसको बीउलाई धुलो बनाएर नियमित रूपमा खाँदा पुरुषको यौन स्वास्थ्यमा सकारात्मक असर पर्दछ र यसबाट यौन दुर्बलता तथा नपुङ्सकता हराउँछ भनी आयुर्वेदमा उल्लेख छ तर एक्लै सेवन गर्दा यो अत्यन्त तीतो हुने हुँदा यसमा चिनी वा सक्खर (गुड) मिसाएर प्रयोग गर्ने सल्लाह दिइन्छ।

स्त्रीका लागि उपयोगी

स्त्रीमा पुरुषमा जस्तो यौन उत्तेजनाको कारक तत्त्व शारीरिक उत्प्रेरणा मात्र मानिँदैन। शारीरिक सँगसँगै भावनात्मक उत्प्रेरणा पनि नभई स्त्रीमा यौन चाहना वा यौन उत्तेजना पैदा हुँदैन। पुरुषका लागि स्त्रीका तर्फबाट सानो मात्र अग्रसरता जस्तै चुम्बन वा स्पर्श पनि अनुकूल परिस्थितिका निम्ति पर्याप्त हुनसक्छ तर स्त्रीमा भावनात्मक लगावबिनाको त्यस्तो स्वचालित स्विच हुँदैन।

तैपनि जनश्रुति, अनुभव र वैज्ञानिक खोजहरू समेतले केही त्यस्ता तत्वलाई इङ्गित गरेको छ, जसको प्रयोग दीर्घकालिक प्रयोग वा सेवनबाट यौन उत्तेजना विकास गर्न मद्दत पुग्ने विश्वास गरिन्छ।

१ आर्जिनिन : पुरुषमा जस्तै स्त्रीमा पनि मासु, अण्डा, गेडागुडी, माछा, चिज र नरिवलको दूध आदि प्रोटिनयुक्त खाद्य पदार्थहरूमा पाइने एमिनो एसिडले यौनाङ्गमा रक्तसञ्चार बढाई महिलाको यौन उत्तेजना बढाउने, योनीस्राव बढाएर योनीलाई सम्भोगका लागि तयार गर्ने र चरम आनन्द प्राप्तितर्फ अग्रसर गराउने विश्वास गरिन्छ।

२. दामियाना : मेक्सिकोका महिला पतिसँग सहवास र सम्भोगका लागि आफूलाई तयार गर्न यस जडीबुटीको रस पिउने गर्दथे भन्ने जनश्रुति छ। कसैकसैले दामियाना मिसाइएको चिया खाँदा हलुका मात्रामा गाँजा सेवन गरे जस्तै शारीरिक आनन्द र शान्ति अनुभूति हुने दाबी पनि गर्दछन्। त्यस क्षेत्रका परम्परागत चिकित्साकर्मीहरू अझै पनि यस जडीबुटीलाई नसा, मस्तिष्क, हर्मोन तथा प्रजनन अङ्गहरूको स्वास्थ्यका लागि उपयुक्त मात्रामा टनिकका रूपमा सेवन गर्ने सल्लाह दिने गर्दछन्।

३.    जिन सेङ : यसले शक्ति, स्फूर्ति र यौन चाहनामा वृद्धि गर्ने विश्वास गरिन्छ। 

४.  अदुवा : महर्षि वात्स्यायनद्वारा लिखित विख्यात ग्रन्थ ‘कामसूत्र’मा अदुवालाई सम्भोगसुखको वृद्धि गर्ने जडीबुटीका रूपमा उल्लेख गरिएको छ। साथसाथै यसले पाचन प्रणालीका विभिन्न समस्यालाई पनि समाधान गर्दछ। यसलाई चिया वा अन्य पेय पदार्थमा हालेर खानु उपयुक्त हुन्छ। 

५. चकलेट : पूर्ण प्राकृतिक नभए पनि यस शीर्षकमा चकलेटको चर्चा महत्त्वपूर्ण  छ। चकलेटले मस्तिष्कमा सेरोटोनिन भन्ने रासायनिक पदार्थको मात्रा बढाउँछ। सेरोटोनिनले खुसी, सन्तोष र आनन्द अनुभूत गराई मानसिक शान्ति प्रदान गर्दछ। गाढा खैरो रङको चकलेटमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुने हुनाले यसको प्रयोग अत्यन्त राम्रो मानिन्छ। यस्तो मानसिक वातावरणले सम्भोगका बेला यौन आनन्दको प्राप्ति बढाउने हुँदा चकलेटलाई यौनवर्धक तत्त्व मानिन्छ।

एजेन्सीको सहयोगमा


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.