add

आज २०८० मंसिर १७ गते आइतवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

१७ मंसिर, २०८०

|
1079

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० मंसिर १७ गते, आइतवार, ३ डिसेम्बर २०२३। मार्ग कृष्ण षष्ठी तिथि, १८ः५२ बजेपछि सप्तमी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

दिन राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शिक्षाका लागि संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु राम्रो हुन्छ । नयाँ कामको थालनी नगरेको राम्रो।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

मानसम्मान प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ । समाजसेवामा मन जाने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन निकै राम्रो छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता प्राप्त हुने योग रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन त्यत्ति राम्रो छैन। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बोलीका कारण साथीभाइ घट्ने भएकाले बोल्दा विचार पुर्याउनुहोला। शत्रु बढ्नेछन्। पारिवारिक तनाव बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आयआर्जन बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै दु:ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आजको लगानीबाट उल्लेखनीय नतिजा मिल्नेछ। व्यापार व्यवसायमा उन्नती हुनेछ। साथीबाट सकेसम्म फाइदा लिनु राम्रो हुन्छ । नयाँ कामको सुरुवात गर्ने योजना भए आजबाटै गर्दा राम्रो हुन्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.