add

आउँदो चुनावमा एमालेले एकल बहुमत ल्याउन नसके यो देश नै रहँदैन :ओली






ActPro Nepal

|

१५ मंसिर, २०८०

|
366

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत ल्याउन नसके यो देश नै रहन्छ कि रहँदैन? भन्ने आशंका रहेको बताएका छन्।

शुक्रबार डडेल्धुरामा आयोजित महाकाली—मेची अभिायन अन्तर्गतको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले गठबन्धन रही राखे सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्ने बताए।

उनले ०८४ को चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्ने बताए। उनले वर्तमान सरकार हल्लिरहेकोले सरकार ढाल्नु नपर्ने बताए।

उनले नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको बताए।

उनले भने, ‘सरकारका वरिपरिका मानिसहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्। सत्ताधारीहरुको प्रचार अभियान एमाले, केपी ओली, एमालेका नेताहरुको बिरुद्ध, भ्रष्टाचारको विभिन्न नचाहिने कुरा उचालेर बसेको छ। जनतालाई अल्मल्याउने काम गरिरहेका छन्। नेकपा एमाले देश बनाउने संकल्प बोकेर हिँडेको पार्टी हो। यो सुन तस्करी, कमिसनखोरी, भ्रष्टाचारमा लाग्दैन। देश बनाउने काममा लाग्छ। यो गठबन्धन कथं कदाचित टिक्यो भनेपनि सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्नेछ। यदी ०८४ को चुनावमा पनि नेकपा एमालेले एकल बहुमत ल्याएन भने देश रहन्छ की रहँदैन ? देश बर्बाद त भइसक्यो। अझै बर्बाद हुनेछ। त्यसकारण ०८४ को चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्छ। यो सरकार कसैले ढाल्नु पर्दैन, सरकार हल्लिरहेको छ। चर्याकमर्याक छ। यो सरकार कुनै समय आफैँ ढल्न सक्छ। यो कुनै खुट्टा भएको सरकार नै होइन। यो त गठबन्धनका छेस्का टिकाएर अडेको सरकार हो। यसका कुनै सिद्धान्त छैन, नीति छैन। यो सरकार माओवादीको प्रचण्डको नीतिमा हिँड्न खोजेको छ, सकेको छैन। नेपाली काँग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको छ।’

अध्यक्ष ओलीले सरकारका वरपरका मानिसहरु भ्रष्टाचारमा लिप्त रहेको बताए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.