add

विद्यार्थीको पढाइ सुधार्न शिक्षकको घरदैलो अभियान






ActPro Nepal

|

१५ मंसिर, २०८०

|
291

धरान । विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यावस्थापन समितिका सदस्यले विद्यार्थीको घरघमा जाने अभियान सुरु गरेका छन् ।

नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिकस्तरलाई थप उकास्न घरदैलो अभियान सुरु गरेको हो । दसैँ–तिहारलगायत अन्य विभिन्न खाले बिदाको समयलाई सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घरघरमा पुगेर घरदैलो अभियानको सुरु गरेको हो ।

विद्यालयका ६० शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब एक हजार जना विद्यार्थीका घरघरमा पुगेर अभिभावकसँग अन्तरक्रिया गरेका छन् । शिक्षक तथा व्यवस्थापन समितिका टोली सम्मिलित सदस्यले विद्यार्थीका पारिवारिक अवस्था, विद्यालय र विद्यार्थीको घरको दुरीलगायतका विषयमा छलफल गर्दै विद्यालयलाई सुधार गर्नको लागि अभिभावकसँग राय संकलन गरेका छन् । 

‘विद्यार्थीको पढाइलगायतका विषयमा छलफल गर्दै विद्यालयलाई कसरी सुधार्न सकिन्छ ? भनेर अभिभावकसँग राय माग्यौँ’ शिक्षिका रञ्जिता परियारले भनिन, ‘अभिभावकले आफ्ना छोराछोरीको पढाइ र भएका समस्याको बारेमा हामीलाई भन्नुभयो ।’

करिब एक हजार अभिभावकका घरमा पुगेर अन्तरक्रिया गर्ने र अवस्था बुझ्ने काम भएको विद्यालयका प्रधानाध्यापक डा इन्द्र मोहन झाले जानकारी दिए । शिक्षकले बुझाएको प्रतिवेदन अध्ययनपछि शिक्षकबीच विद्यार्थीको पढाइ सुधार्न के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा थप अन्तरक्रिया गर्दे अभियानलाई निरन्तरता दिने प्रअ डा झाको भनाइ छ । 

‘विद्यालयको शैक्षिकस्तर माथि उठाउन विद्यार्थीको पृष्ठभूमि बुझ्न जरुरी लागेर शिक्षकलाई घरघर पठाएका हौँ,’ प्रअ डा झाले भने, ‘हाम्रो लागि यो अभियान नयाँ प्रयोग हो, यो अभियानले विद्यालयसँग विद्यार्थीका परिवारलाई जोड्ने काम गरेका छौँ, विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

नमूना विद्यालय छनोट भएको पब्लिक मावि पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ । उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म तीन हजार चार सय विद्यार्थी अध्ययनरत छन् । 

नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयको प्रत्येक कक्षामा स्मार्ट बोर्ड राखिएको छ । व्यवस्थित पुस्तकालय र साइन्स ल्याव रहेको छ । विसं २००३ मा स्थापना भएको यो विद्यालय पूर्वकै पुरानोमध्ये एक हो । 

धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाले पब्लिकबाट अन्य विद्यालयले सिक्न सक्ने धेरै कुरा रहेको बताउँदै विद्यालयको कामअनुसार उपमहानगरपालिकाले पनि सहयोग गरिरहेको बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.