भूकम्प पीडितको आवास निर्माणलाई तीव्रता दिइएको छः काँग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास (घर-टहरा) पुनर्निमाणको कार्यलाई तीव्रता दिएको जनाएको छ। 

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पबाट प्रभावित बस्तीहरुमा एक हजार घर टहरा निर्माण गर्ने घोषणाअनुसार टहरा निर्माण कार्य तीव्र बनाइएको काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा नम्बर ४ पुरानो गाउँमा गौनी विकको घरबाट निर्माण कार्य सुरु गरेको उल्लेख गर्दै तीन स्थानमा घर–टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको विश्वकर्माले जानकारी दिए।

यसअघि काँग्रेस नेता एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले पीडितका लागि सयवटा अस्थायी आवास निर्माण सम्पन्न गरिसेको छ। काँग्रेसले इन्जिनियर, डकर्मीसहित सम्मिलित २५ वटा टोली भूकम्प प्रभावित दुई जिल्लाका विभिन्न क्षेत्रमा परिचालन गरेको छ। 

जाजरकोट भूकम्प पीडितका लागि एक हजार अस्थायी आवास निर्माण अभियान जारी रहेको विश्वकर्माले जनाए। गत कात्तिक १७ गते मध्यराति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १ सय ५४ जनाको मृत्यु भएको थियो। सयौं घाइते भएका थिए। हजारौं घरमा क्षति पुगेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।