add

सुनको मूल्यले नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ






ActPro Nepal

|

१२ मंसिर, २०८०

|
186

काठमाडौँ । सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ ।

विवाहको सिजनको बेला मै सुनको मूल्य हालसम्मकै उच्च हो। हिजो अर्थात मंसिर ११ गते एक लाख १७ हजार ४०० रुपैयाँ कायम रहेको नयाँ रेकर्डमा फेरी परिवर्तन आएको हो ।

सुन आज तोलामा थप ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १७ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.