add

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जाँदै






ActPro Nepal

|

११ मंसिर, २०८०

|
239

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अस्ट्रेलिया जाँदै छन ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

युएनडिपी नेपाल र संघीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्मा भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्नेछन् । उक्त टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.