add

नेपाल सुपर लिग : झापा र इलाम एफसी खेल्ने






ActPro Nepal

|

११ मंसिर, २०८०

|
152

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणअन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा इलामले आज दोस्रो खेल खेल्न लागेको हो भने झापा पहिलो खेल खेल्दैछ । इलाम उद्घाटन खेलमा काठमाडौँसँग पराजित भएको थियो । प्रतियोगितामा दुवै टोली नवप्रवेशी हुन् ।

शुक्रबारबाट सुरु भएको खेलमा ९ टोली सहभागी छन् । जसमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, ललितपुर एफसी, एफसी चितवन, पोखरा थन्डर्स, झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसी छन् ।

हिजोसम्म भएका खेलमा साविक विजेता काठमाडौँ, साविक उपविजेता धनगढी एफसी, ललितपुर र पोखरा थन्डर्सले विजयी सुरुवात गरेका छन् । 

प्रतियोगिता पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.