add

कोशी सरकारले ल्यायो ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट






ActPro Nepal

|

९ मंसिर, २०८०

|
226

काठमाडौं । कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आर्थिक वर्ष ०८०/८१ का लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

कोशी प्रदेशमा पटक-पटक सरकार परिवर्तन र अस्थिरताका कारण जेठ मसान्तभित्रै बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान भए पनि आर्थिक वर्षको पहिलो चौमासिक बितिसकेको समयमा कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटभन्दा करिब ४० करोड बढीको बजेट ल्याएको हो ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत जेठ ३२ गते ३६ अरब २४ करोड ३५ लाख रुपैयाँ बराबरको बजेट पेस गरेका थिए । मुख्यमन्त्री कार्कीले बजेटमा सामान्य हेरफेर गरेको र केही योजनाहरू कटौती गरेर प्रदेश सांसदहरूको हैसियत र अवस्थालाई अघि बढाउन खोजिएको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री केदार कार्कीले शनिबार बसेको प्रदेश सभाको चौथो अधिवेशनको ९ औं बैठकमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको बनेको कोशी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० पेस गरे ।

कोशी प्रदेश सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा पुँजीगत तर्फ २० अर्ब ३८ करोड १५ लाख रुपैयाँ र चालू खर्च तर्फ १२ अर्ब ६८ करोड १० लाख रुपैयाँ छुट्याएको छ भने स्थानीय तहलाई वित्तीय हस्तान्तरणका लागि ३ अरब ६६ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मुख्यमन्त्री कार्कीले पेस गरेको प्रतिस्थापन विधेयक प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । प्रतिस्थापन विधेयक माथि आइतबारदेखि सैद्धान्तिक छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.