add

भारतमा संगठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जान सक्दैन थियो : प्रम दाहाल






ActPro Nepal

|

९ मंसिर, २०८०

|
242

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने जिकिर गरे । उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरूले भूमिगत रूपबाट धेरै सहयोग प्राप्त गरेको बताए ।

प्रधानमन्त्री दाहालले कार्यकर्तादेखि लड्ने योद्धाहरूसमेत भारतबाट पाएको भनाइ राखे । उनले भारतमा भएका लाखौँ नेपालीहरूलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका स्व.पाख्रिनले गरेको बताए ।

भारतमा संगठन विस्तार गर्न राजनीतिक नेताहरूको भन्दा पाख्रिन जस्ता सांस्कृतिककर्मीहरूको भूमिका बढी महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री दाहालले पाख्रिनको स्मृति ग्रन्थले भावी पुस्तालाई उनको योगदानको बारेमा बुझाउने विश्वास व्यक्त गरे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.