add

ओलीको टिप्पणी: सरकारले मुलुकमा अराजकता रोक्न सकेन !






ActPro Nepal

|

९ मंसिर, २०८०

|
323

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौँको वसन्तुपर डबलीमा आयोजित नेपाल संवत् ११४४ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अराजकता नरोक्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको जिकिर गरे।

उनले भने,  ‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन। अराजकतालाई प्रोत्साहित गरिराखेको छ। गुण्डालाई प्रहरीले गिरफ्तार गर्‍यो भने सरकारले छोड्न लगाउँछ, राष्ट्रपतिले माफी दिन्छन्। यो सुशासन भएन, अर्थतन्त्र ध्वस्त छ। तस्करी बढेको बढ्यै छ। कुशासनको चर्चा गरी साध्यै छैन। तर यसको अर्थ लोकतन्त्र, गणतन्त्र खराब भन्ने हुन सक्दैन। हामी ढुंगे युगतिर फर्कन सक्दैनौं।’

अध्यक्ष ओलीले जातको नाममा मुलुकमा द्वन्द्व भड्काउने प्रयास भइरहेको दाबी गर्दै सचेत रहन पनि सबैलाई आग्रह गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.