add

प्रधानमन्त्री दाहाल नयाँ कार्यकक्षमा






ActPro Nepal

|

६ मंसिर, २०८०

|
257

काठमाडौं । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण सम्पन्न भएको छ ।

पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्रीले आज सो कार्यालयको उद्घाटन गर्दै कार्यारम्भ गरे ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले भने, ‘यो खाली ठाउँ मात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको मैले महसुस गरेको छु ।’

एक सय २० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको तस्तै राखेर पुनःनिर्माण भएको छ । भूकम्पबाट क्षति भएको यस भवनको ‘रेट्रोफिटिङ’को काम पनि पूरा भएको छ ।

‘हामी पछाडिबाट अगाडि आएका हौँ । मलाई अहिले भइरहेको ठाउँमा बस्दा अलि गुम्म लाग्नाका साथै त्यति ताजकी महसुस नभए जस्तो लाग्थ्यो,’ प्रधानमन्त्रीले भने, ‘यो ठाउँमा आउँदा चाहिँ अलिकति सबैतिर हेर्न पाइने भएको छ । बरन्डामा पनि निस्केर हेर्न मिल्ने र फराकिलो सबै कारणले यहाँ दिमाग अलि बढी फुर्छ होला भन्ने मैले महसुस गरेको छु ।’

प्रधानमन्त्रीले यो प्रक्रियामा सहयोग गर्ने सहरी विकास मन्त्रालय र पुनःनिर्माणमा सहयोग गर्ने टोलीलाई प्रधानमन्त्रीले धन्यवाद दिए । ‘नयाँ शुभारम्भ भएको छ । नयाँ शुभारम्भले नयाँ गति पकडिने छ र हामी सबैको एकता अझ बलियो हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्री दाहालले भने ।

२०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले सो भवन क्षति पुगेको थियो । त्यसलाई पुनःनिर्माण गरी गरिएको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.