add

हिमालयन रिइन्स्योरेन्सद्वारा भुकम्प पिडितहरुलाई राहत वितरण






ActPro Nepal

|

२५ कार्तिक, २०८०

|
206

काठमाडौँ । नेपालको पश्चिमी क्षेत्रमा गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि प्रभावित समुदायलाई सहयोग गर्न हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सक्रिय रुपमा कार्य गरिरहेको छ । भूकम्पमा परि हाल सम्म १५३ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । साथै थुप्रै घर, विद्यालय र सार्वजनिक पूर्वाधारहरुमामा व्यापक क्षति पुगेको छ ।

संकटको यस घडीमा सहयोग गर्न प्रतिबद्ध हिमालयन रिइन्स्योरेन्स लिमिटेडले ३५ लाख बराबरको १,८७८ त्रिपालहरु र २,००० कम्बलहरू सहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । १,८७८ थान त्रिपाल रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय, मुसिकोटमा पुगिसकेको छ भने कम्बलहरू पश्चिम रुकुमको जिल्ला प्रशासन कार्यालय पुग्ने क्रममा रहेको छ ।

भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको छ र पुनर्निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गरेको छ। संकटको यस क्षणमा सम्पूर्ण पक्षले सहकार्य गरी प्रभावकारी कदम चाल्न सकेमा भूकम्प प्रभावित क्षेत्र पश्चिम नेपाललाई पुनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले अपेक्षा लिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.