add

नेशनल लाईफले गर्याे १३ करोड रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ?






ActPro Nepal

|

२४ कार्तिक, २०८०

|
257

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासमा १३ करोड २ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९९ लाख ४१ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीले ४ अर्ब १९ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले १ अर्ब ९७ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १४ करोड ९० लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्त पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष २ करोड ७८ लाख रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको महाविपत्ती कोषमा ४८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.४० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९.१२ रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.