add

रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक मंसिर ११ देखि जलेश्वरमा गर्ने






ActPro Nepal

|

२४ कार्तिक, २०८०

|
358

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्ने भएको छ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यो निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

उनले बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाको बारेमा छलफल हुने साथै सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुने पनि जानकारी दिए।

‘मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखिने छ। त्यो बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाबारे छलफल हुनेछ,’ उनले भने, ‘बैठकमा सभापतिको राजनीतिक प्रतिवेदन पनि पेस हुनेछ।’

मधेस प्रदेशमा राख्न लागिएको संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि विमर्श गरिने जनाइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.