add

जलवायु वार्तामा अमेरिकासँग ‘सकारात्मक परिणाम’ आएको छ - चीन






ActPro Nepal

|

२३ कार्तिक, २०८०

|
289

काठमाडौं । चीनले दुबईमा कोप२८ शिखर सम्मेलन हुनुभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकासँग भएको जलवायुसम्बन्धी वार्तामा ‘सकारात्मक परिणाम’ आएको बिहीबार बताएको छ । चीन र अमेरिका विश्वका सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हुन् । 

बेइजिङको पारिस्थितिकीय तथा पर्यावरण मन्त्रालयका अनुसार अमेरिकी जलवायु दूत जोन केरी र उनका चिनियाँ समकक्षी झि झेनहुवाबीच बुधबार भएको कुराकानी ‘सफलतापूर्वक सम्पन्न’ भएको छ । 

“दुवै पक्ष विचारहरूको विस्तृत र गहिरो आदानप्रदानमा संलग्न रहे र द्विपक्षीय जलवायु परिवर्तन सहयोग र कार्यको विकासमा सकारात्मक परिणाम हासिल गरे”, मन्त्रालयले भनेको छ, “बेइजिङ र वासिङ्टन कोप२८ सम्मेलनको सफलताका लागि संयुक्तरूपमा प्रयास गर्न सहमत भएका छन् ।”

कोप२८ शिखर सम्मेलनका लागि मुलुकहरू यसै महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्मा भेला हुनेछन् । विश्वव्यापी तापक्रमलाई सीमित गर्नका लागि आम सहमति बनाउनु शिखर सम्मेलनको उद्देश्य रहेको छ । विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जक चीनले सन् २०३० सम्ममा कार्बनडाइअक्साइडको अधिकतम उत्सर्जन गर्ने र सन् २०६० सम्ममा कार्बन तटस्थ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

उक्त प्रतिबद्धताले आफ्नो लक्ष्यलाई अधिक महत्त्वाकांक्षी बनाउन सक्छ भन्ने पश्चिमी कूटनीतिज्ञहरूको सुझावलाई चीनले खारेज गरेको छ । बेइजिङको पर्यावरण मन्त्रालयले धेरै शक्तिशाली हरितगृह ग्यास मिथेनको उत्सर्जनलाई रोक्नका लागि एउटा व्यापक तर अस्पष्ट योजना सुरु गरेको मङ्गलबार बताएको छ । उक्त योजनाले उसको उत्सर्जनलाई कम गर्नका लागि कुनै विशिष्ट लक्ष्य दिएको छैन । -एएफपी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.