add

त्रिविकाे उपकुलपति पद खाली






ActPro Nepal

|

१८ कार्तिक, २०८०

|
367

काठमाडौ ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल शुक्रबारदेखि  समाप्त भएसँगै उक्त पद रिक्त भएको छ।

उपकुलपतिका रुपमा प्रा.डा. बाँस्कोटाले प्रविधिमैत्री विश्वविद्यालय निर्माण, सुशासन, अनुसन्धान थालनी, शैक्षिक पात्रोको व्यवस्थापन, परीक्षा प्रणालीमा भएका सुधार र विकेन्द्रीकरणको अभ्यासहरु गरिएको बताउँदै बजारमुखी स्वरोजगार जनशक्ति निर्माणमा पहल गरिएको बताए।

साथै शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि, आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसको प्रभावकारी नियमन, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, विद्यार्थी कल्याण तथा खेलकुदमा चासो, त्रिविका सम्पत्तिको संरक्षण, त्रिवि अलुम्नाई एशोसियशनलाई त्रिविको हितमा प्रयोगका साथै विद्यमान त्रिवि ऐन, नियम र विनियमलाई समयसापेक्ष बनाउन गरिएका पहल गरिएको जनाए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.