add

शान्ति प्रक्रियालाई टुंग्याउने काममा त्रुटि भएको छः माधव नेपाल






ActPro Nepal

|

१४ कार्तिक, २०८०

|
305

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको शान्ति प्रक्रिया टुंग्याउने क्रममा त्रुटि भएको टिप्पणी गरेका छन् ।

मंगलबार संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले नेपालले शान्ति प्रक्रियालाई टुंग्याउन ढिलाई भएको भन्दै प्रक्रिया टुंग्याउने काममा त्रुटि भएको बताएका हुन् । 

उनले भने,‘कहाँ त्रुटि भयो तपाईहरु पनि खोजी गर्नुहोस् । वास्तवमा यति ढिलाई गर्न आवश्यक थिएन । विश्वका सामु जसरी हामीले एउटा उदाहरण प्रस्तुत गरेका थियौं । कि हामी आफ्नो द्वन्द्व आफैं समाधान गर्न सक्छौं भन्ने उदाहरण । अनमिनले नेपालबाट बिदा लिएपछि फेरि युद्ध भड्किन्छ, रगतको खोलो बग्छ, जसरी भनेका थिए, त्यसलाई हामीले गलत हो भन्ने कुरा सावित गरेका थियौँ । त्यो हिसाबले पनि सिंगो प्रक्रियालाई टुंग्याउने काममा त्रुटि भएको छ ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले विश्वलाई सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाई छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.