add

आज पापाङ्कुशा एकादशी






ActPro Nepal

|

८ कार्तिक, २०८०

|
511

काठमाडौं । सनातन धर्मावलम्बीले बुधबार पापाङ्कुशा एकादशी मनाउँदैछन्। एकादशीमा विशेषगरी भगवान् विष्णुको आराधना गरिन्छ।

एकादशीमा भगवान् विष्णुको पूजा आराधना र माहत्म्य पाठ गर्नाले विविध फल पाइने पुराणमा उल्लेख छ। 

चान्द्रमानको पात्रोअनुसार एकादशी महिनाको दुईपटक आउँछ। शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को।  

सनातन समाजमा वैष्णव सम्प्रदायको प्रभाव फैलिएपछि एकादशीको पनि महत्त्व बढेको बताइन्छ। वैदिक परम्परामा भने अष्टमी, पूर्णिमा र औँसी तिथिलाई महत्त्व दिइएको छ।

एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका वस्तु (चना, केराउ, सिमी आदि) तरकारी नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम पालना गर्छन्।

वर्षमा २४ वटा एकादशी हुन्छन्। तर अधिक (मल) मास परेको वर्ष दुई  एकादशी थपिन्छन्। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.