add

आज २०८० कात्तिक ८ गते बुधबार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

८ कार्तिक, २०८०

|
5172

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० कार्तिक ८ गते, बुधवार, २५ अक्टाेबर २०२३। आश्विन शुक्लपक्ष एकादशी तिथि, १०ः२५ बजेपछि द्वादशी। शतभिषा नक्षत्र, १२ः३० बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ।

आजको राशिफल

मेष – कर्मसिद्धिको समय छ। कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन्। मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। स्वास्थ्यमा गगबढी।

बृष – खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ। निर्णयमा अडिक रहनुस्।

मिथुन – जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईंका साथी र आफन्तलाई ठेस पुग्न सक्छ।

कर्कट – सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ। आज तपाईका लागि रमाइलो दिन छ।

सिंह – साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ। राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउँन सक्छ। अचल सम्पत्ति हात पर्ला।

कन्या – रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। बोलीको प्रभाव पनि बढ्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

तुला – मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मौनता अपनाउनु राम्रो। पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ।

बृश्चिक – जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ। नाक तथा घाँटीमा समस्या आउला। मनमा प्रशन्नता। पारिवारिक कलह।

धनु – अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती। पारिवारिक कलहको सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। महत्वपूर्ण अवसर गुम्न सक्छ।

मकर – अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति। राजनैतिक कार्यमा बाधा आउनेछ। नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला।

कुम्भ – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला। केटा तथा केटी साथीबाटा टाढा रहनुहोला। मनमा चिन्ता। धार्मिक यात्राबाट आनन्दी।

मीन – अभिभावकको आशीर्वाद मनन गर्नुहोला। कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.