काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् ।
कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरे । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५ जनामात्रै रहे । राप्रपाका एक सांसद अनुपस्थित रहे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।