add

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै






ActPro Nepal

|

१ कार्तिक, २०८०

|
386

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन् ।

कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका कार्की मुख्य मन्त्री नियुक्त भएका थिए । केन्द्रमा गठबन्धन दलहरुका नेताबीच माओवादीलाई सरकारको नेतृत्व दिने सहमति बनेको भए पनि त्यसप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कार्कीलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने भएका छन् । त्यसबाहेक कांग्रेसको संस्थापन पक्षका सांसद र जनता समाजवादी पार्टीले पनि विश्वासको मत दिने जनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बस्ने भएको छ । मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गरेपछि तीन सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् ।

उनले कांग्रेसको ‘विद्रोही’ समूहका एकजना र नेकपा एमालेका एकजनालाई मन्त्री नियुक्त गरेका छन् । यसैबीच, नेकपा एमालेले सरकारमा ५ जना मन्त्री पाउनुपर्ने दाबी गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.