add

रियलमीले ल्यायो ‘दशैं तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ क्याम्पेन






ActPro Nepal

|

१ कार्तिक, २०८०

|
329

काठमाडौं । रियलमील ‘दशैं तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ योजना ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा उक्त योजना ल्याएको हो ।

यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले रियलमीको स्मार्ट फोन खरिदमा वासिब मेसिन (७ केजी अटो), स्कुटर र रियलमी जीटी २ प्रो जित्ने मौका अवसर पाउने छन् ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरुले देखाएको माया र साथप्रति सदैव आभारी रहेको बताए ।

‘नेपालीहरुको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो ‘दशैं तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएका छौँ । रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरुले देखाउनुभएकोमाया र साथप्रति हामी सदैव आभारी छौँ । र, यहाँहरु सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामाना व्यक्त गर्न चाहन्छौँ,’ उनले भने ।

यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले दैनिक रुपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रुपमा नार्जो एन ५३ (६ जीबी +१२८ जीबी) जित्न सक्नेछन्।

त्यस्तै बम्पर उपहारमा कोनका वासिब मेसिन (७ केजी अटो), कोनका ५५ इन्चको ४के टीभी, रियलमी जीटी २ प्रो र टीभीएस एनटर्क स्कुटर जित्न सक्नेछन् ।

यो अफर असोज २८ देखि कात्तिक २९ सम्म लागू हुने कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.