add

नवरात्रको तेस्रो दिन : नौ दुर्गामध्ये माता चन्द्रघण्टाको विशेष पूजाआरधना गरिँदै






ActPro Nepal

|

३० असोज, २०८०

|
624

काठमाडौं । विजया दशमीको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा आरधना गरेर मनाईंदैछ । हिन्दु धर्मावलम्बीहरुले आज चन्द्रघण्टा देवीका रुपमा नव दुर्गाको पूजा गर्छन्।

आज पनि बिहानैदेखि मुलुकभरका नवदुर्गा मन्दिर र शक्तिपीठमा भक्तजनको भीड लागेको छ । काठमाडौंका गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, तलेजु भवानी, भद्रकालीलगायत दुर्गा माताको शक्तिपीठमा भक्तजनहरुको घुईंचो छ।

शीरमा घण्ट आकारको चन्द्रमा भएकाले देवीको नाम चन्द्रघण्टा राखिएको शास्त्रमा उल्लेख छ । चन्द्रघण्टाको वाहन सिंह हो । आज चन्द्रघण्टा देवीको पूजाआजा गरेपछि मनुष्यले राक्षसी तथा भूतप्रेत शक्तिबाट उन्मुक्ति पाउने धार्मिक विश्वास छ ।

भयनाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आरधना गरिन्छ । दुःख कष्टबाट मुक्ति पाउन गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद चढाएर चन्द्रघण्टा माताको पूजा गरेमा विशेष फल मिल्ने विश्वाससमेत धेरैको छ ।

घटस्थापनाको दिनदेखि नवदूर्गाका नौ वटा रुपको पूजा गरिने परम्परा छ । नवरात्रका नौ दिनमा क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो ब्रम्हचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौं स्कन्दमाता, छैठौं कात्यायनी, सातौं कालरात्री, आठौं महागौरी र नवौं दिन सिद्धिधात्रीको पूजा गर्ने गरिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.