add

नवरात्रको दोस्रो दिन : नौ दुर्गामध्ये ब्रह्मचारिणीको पूजापाठ






ActPro Nepal

|

२९ असोज, २०८०

|
368

काठमाडौं । सोमबार नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजापाठ गरिँदैछ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुको महान पर्व बडादसैँ शनिबारदेखि सुरु भएको हो ।​

नवरात्रका नौ दिन नौ दुर्गाको पूजा गरिन्छ । पहिलो दिन शनिबार शैलपुत्रीको पूजापाठ भएको छ । दोस्रो दिन ब्रह्मचारिणीको पूजापाठ गरिँदैछ । 

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दुर्गापक्षको धुमधामका साथ पूजापाठ हुन्छ । 

पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको थियो । नवरात्रको अवसरमा हरेक हिन्दुका घरभित्र पूजा कोठा वा दसैँघरमा विधिपूर्वक दुर्गाको पूजा हुन्छ । ​

नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी देवी पूजा भइरहेको छ । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका   रुपमा लिने गरिन्छ । कठोर साधनामा लिन हुने तीन नेत्र भएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यकी देवी मानिन्छ। ​

ब्रह्मचारिणी पूजापाठ र उपसना गर्नाले ज्ञान, शक्ति र सुख प्राप्त हुने विश्वास गरिन्छ । घटस्थापना अर्थात् हिजोदेखि नै देशभरका दुर्गा भगवतीका मन्दिरमा भीड लाग्ने गर्छ । 

काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली लगायत मन्दिरमा बिहानैदेखि भीड लागेको छ । आइतबार  सुरु भएको दुर्गाको पूजा गर्नेक्रम विजयादशमीसम्म रहिरहन्छ । 

पहिलो र दोस्रो दिन शैलपुत्री र ब्रह्मचारिणीको पूजापाठ गरेका भक्तजनले अब तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.