add

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित






ActPro Nepal

|

२७ असोज, २०८०

|
392

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभले पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

पाण्डे यसअघि बैंकको सञ्चालक थिए।इन्जिनियरिङ स्नातक गरेका पाण्डे दुई दशकदेखि उत्पादनमूलक उद्योग र व्यापारमा संलग्न छन् । हाल उनको मुख्य लगानी औषधि र सिमेन्ट उद्यागमा रहेको छ । उनी लोमस फर्मास्यूटिकल्समा सञ्चालक रहेका पाण्डे कसमस सिमेन्टका निर्देशक हुन् ।

यस्तै, सभाले सजन शर्मा, सीता कार्की केसी, प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र अनिल ज्ञवालीलाई संचालकमा चयन गरेको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा ५.७९ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

त्यसैगरी, सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आव २०७९/८० को नाफा-नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरण पनि सभामा छलफल भई स्वीकृत गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.