add

आज २०८० असाेज २५ गते बिहीवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

२५ असोज, २०८०

|
1911

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० असाेज २५ गते, बिहीवार, १२ अक्टाेबर २०२३। आश्विन कृष्णपक्ष त्रयाेदशी तिथि, १९ः४२ बजेपछि चतुर्दशी। पूर्वफाल्गुनी नक्षत्र, १२ः४१ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह, १९ः२८ बजेपछि कन्या

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

मान तथा पद पाइएला, धार्मिक तथा सामाजिक कार्यहरु सम्पन्न होलान, धनधान्यको वृद्धि होला, मित्र तथा शुभचिन्तकको सहयोगले काम कार्यमा सफलता होला ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

छोराछोरीको प्रगतिबाट प्रसंशा मिल्ला, मान्यजनको सहयोग सद्भाव पाउनाले आत्मबल निकै बढ्नेछ, तर कम्मरको दुखाइले निकै सताउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

स्वास्थ्यमा सुधार आउनेछ, बैबाहिक तथा भोजमा सहभागी भइएला, कृषि कार्य तथा ब्यबसायबाट निकै लाभ होला, समग्रमा आजको दिन राम्रै मान्नपर्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काम कार्यमा ढिलाई होला, मानसिक अशान्ति तथा फजुल खर्च होला, इस्टमित्रबाट धोका पाइनेछ, अध्ययन अध्यापनमा पनि बाधा आइपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

माता तथा मावलितर्फबाट बिशेष सहयोग पाइनेछ, काम कार्यमा सफलता तथा सुख प्राप्त हुनेछ, सामाजिक तथा परोपकार सम्बन्धी कार्यहरु गरिएला।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन अध्ययन अध्यापन तथा धार्मिक कार्यहरु सफल होलान, तर राज्यसम्बन्धी काममा भने केहि प्रतिकुल हुनसक्छ साबधानी अपनाउनुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शत्रुहरु गुप्तरूपले सक्रिय रहलान, बिनाकारण अपजस पाइएला, मानसिक अशान्ति होला, ब्यर्थ भ्रमण तथा व्यापार ब्यबसायमा नोक्सान होला। आजको दिन चन्द्रमालाई जल चढाउनाले राम्रो हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन पत्नी आज्ञाकारी हुनेछिन, दैनिक जीवनका कार्यहरु सुधार हुदै जालान, मनमा शान्ति तथा सुख प्राप्ति होला। आज गरेका कार्यहरु सफल हुनेछन।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

विभिन्न प्रकारका चोटपटक तथा धनको खर्च हुनेछ, मनमा चिन्ता तथा त्रास आदिको सामना गर्नुपर्ला, मित्रबाट बिश्वासघात हुनसक्ला। ओम् नाम शिबाय मन्त्र जप गरेमा आजको दिन शुभ हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

शत्रुहरु आफै पाखा लाग्नेछन, भाग्योदयको समय आएको छ, धार्मिक कार्य तथा तिर्थयात्रा गराउला, बैदेसिक मार्ग पनि खुल्ला रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

धेरै समयदेखि चलिरहेको मुद्दामामिला आज पुरा हुनेछन, नतिजा पनि आफ्नै पक्षमा रहनेछ, लेनदेन तथा बैदेसिक मामिलाका कार्यहरु विचार पुर्बक गरेमा सफलता हात लाग्नेछ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

गडेबुडेको धन प्राप्त होला, शत्रुहरु नाश हुनेछन, आफ्नो आत्मबल तथा हौसलाले कठिन कार्यहरु सफल होलान। घरमा कुनै धार्मिक कार्य तथा उत्सब होला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.