add

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन






ActPro Nepal

|

१८ असोज, २०८०

|
280

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देश गर्दछौँ । हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौँ ।’

प्रधानमन्त्री दाहालले सो अवसरमा प्राकृतिक विपद्ले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताए ।

उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने पनि प्रतिबद्धता व्यक्त गरे । प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्राकृतिक विपद्ले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको उल्लेख गर्दै उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणमा कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.