add

राष्ट्रपति पौडेलद्वारा गैरआवासीय राजदूत नियुक्त






ActPro Nepal

|

१४ असोज, २०८०

|
252

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी जिज्ञप्तिमा जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.