घोराही । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन् ।
दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गरेर देखाउन चुनौती दिए ।
सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने गर्दै आएको टिप्पणी गरे ।
जनताको पक्षमा काम गर्न भनेर गएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्र्टीलाई गाली गर्नमा मात्र समय खर्चिएको भन्दै उनले पार्टीको चिन्ताभन्दा जनताको समस्याका बारेमा चिन्ता लिन सुझाव दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।