वीरेन्द्रनगर । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनको नेृतत्व चयन प्रक्रिया लम्बिएको छ। शनिबार दिउँसो १२ बजे हुने भनिएको मतदान आज (आइतबार) बिहान ८ बजेका लागि सरेको हो।
शनिबार दिउँसो १२ बजे गर्ने भनिएको मतदान दिउँसो २ बजे सारिएको थियो। त्यो समय फेरि साँझ ६ बजे सारियो। राति मतदान गर्न सहज नहुने भएकाले आइतबार बिहानका ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।
शनिरबार राति सबै मतपत्रहरू छपाई सकिएको निर्वाचन आयोगले जनाएको छ।
सबै उम्मेद्वाहरूको अन्तिम नामावलीसमेत र्साजानिक भइसकेकाले आइतबार बिहान ८ बजेदेखि मदतान सूरु हुने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।
कर्णालीको नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा तीन जनाको उम्मेदवारी कायम रहेको छ। शुक्रबार पाँच जनाले उम्मेदवारी दिएकोमा दुई जनाले फिर्ता लिएका थिए। कालिकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। अब कालिकोटकै मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालिकोटका प्रकाश रोकायाको उम्मेदवारी कायम छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।