add

बीमा दाबी भुक्तानीलाई सहज बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे






ActPro Nepal

|

१२ असोज, २०८०

|
138

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल बीमा प्राधिकरणका पदाधिकारीसँग आज भएको अन्तर्क्रियामा उनले दाबी भुक्तानी पाइएन भनेर नागरिकको गुनासो आउने गरेको बताएका हुन् ।

बीमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाउँदा बीमितहरू निराश बन्ने उनले बताए । बीमाका सम्बन्धमा हाल पनि सर्वसाधारण सबैलाई जानकारी नभएको उल्लेख गर्दै उनले कृषि, पशु, व्यवसाय आदिलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।

बीमाबाट सर्वसाधारणले धेरै सुविधा र सहजता महसुस गर्ने गरी कार्य अघि बढाउन आग्रह गर्दै उनले सहकार्य, समन्वयका लागि सरकार प्रतिबद्ध भएको बताए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमासम्बन्धी व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरे ।

गण्डकी प्रदेशमा २७ दशमलव ४३ प्रतिशत र देशभर ४४ दशमलव ३८ प्रतिशत मानिस बीमाको पहुँचमा रहेको उक्त अवसरमा जानकारी गराइयो ।

नेपालमा जीवन बीमाको पहुँच धेरै रहेको प्राधिकरणले जनाएको छ । कृषि तथा पशुपक्षी बीमामा संघले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी शतप्रतिशत अनुदानको व्यवस्था रहेको जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.