add

नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ यात्रा अब क्यानाडामा






ActPro Nepal

|

४ असोज, २०८०

|
568

काठमाडौं । साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ । 

सन् २०२३ लाई मानवता प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै आएको नेपथ्यले यसपालि पहिलोपटक क्यानाडाको क्यालगरी सहरमा साङ्गीतिक प्रस्तुति दिन लागेको हो ।

त्यसपछि अक्टोबर ४ (असोज १७) मा भ्यानकुभर सहरमा प्रस्तुति दिने र अन्तिम शो भने अक्टोबर ८ (असोज २१) मा क्यानाडाको टोरन्टोमा प्रस्तुत गर्ने नेपथ्यले जानकारी दिएको छ । 

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औँ गन्तव्य राष्ट्र हुनेछ ।

केही समययता नेपालीका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दो छ ।

सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि सङ्गीत’ को नारासहित मानवता प्रवर्द्धन अभियानको शृङ्खलाको रूपमा प्रस्तुत गर्ने विचारअनुरूप यसपालिको नेपथ्य क्यानाडा शृङ्खला पनि त्यही नाराअन्तर्गत अगाडि बढ्ने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.