add

कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८९ प्रतिशत






ActPro Nepal

|

४ असोज, २०८०

|
265

जाजरकोट । भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८ दशमलव ६ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीको पहुँच पुगेको छ। 

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार कर्णालीको तीन लाख ६६ हजार ३७ परिवारमध्ये ३५ दशमलव ६ प्रतिशत परिवारलाई बाहिर धारा जडान गरी घर परिसरभित्र पानी उपलब्ध हुँदै आएको छ।

त्यस्तै ४४ दशमलव ४ जनसङ्ख्यालाई पाइपबाट घर परिसर बाहिर धाराको पानी उपलब्ध छ। चार प्रतिशत परिवारले ट्युबवेलको पानी पिउने गरेको समेत तथ्याङ्कमा उल्लेख छ। 

त्यस्तै २ दशमलव १ प्रतिशत नागरिकले टाँकिएको इनारबाट, शून्य १ प्रतिशतले जारको पानी, खुला इनार र कुवाको पानी प्रयोग गर्ने घरधुरी सङ्ख्या २ दशमलव ५ प्रतिशत र २ दशमलव १ प्रतिशत जनसङ्ख्याले खोलाको पानी प्रयोग गरिरहेको योजना महाशाखा सिडिइ गोपाल शर्माले जानकारी दिए। सन् २०१९ को तथ्याङ्कअनुसार कर्णालीमा ३ दशमलव ५ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.