add

सामसङको मोबाइल किन्दा हरेक दिन स्कुटर पाइने






ActPro Nepal

|

२ असोज, २०८०

|
227

काठमाडौं । सामसङ नेपालले ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ अफर ल्याएको छ । कम्पनीले हरेक वर्ष जस्तै यो वर्ष पनि चाडपर्वलाई लक्षित गर्दै उत्साहजनक योजना ल्याएको हो ।

यस योजना अनुसार ग्राहकले कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्दै हरेक दिन स्कुटर जित्न सक्नेछन् । कम्पनीका अनुसार सामसङ फोन खरिदकर्ताले हरेक दिन २ लाख ३३ हजार ९०० रुपैयाँ मूल्य बराबरको टीभीएस एनटर्क १२५ सीसी जित्ने अवसर पनि पाउने छन् ।

२५ दिनमा २५ जना विजेताहरुले स्कुटर पाउने कम्पनीले जनाएको छ । सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जो कोही ग्राहक योजनामा सहभागी बन्न सक्नेछन् । शनिबार बाहेक हरेक दिन एक टीभीएस एनटर्क १२५ सीसीको भाग्यशाली विजेता बन्न सक्नेछन्।

कम्पनीका अनुसार शनिबार यो योजना नभएपनि शनिबारको दिन प्रवद्र्धन योजनामा सहभागी भएका ग्राहकहरुको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ। योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरिनेछ।

यो योजना असोज ५ गतेदेखि कात्तिक ३ गतेसम्म कायम रहने छ । यद्यपि ग्राहकहरुले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नेछन्। असोज २ देखि असोज ५ सम्म प्राप्त भएका इन्ट्रीहरुलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ। लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

सामसङ नेपालको २५ टीभीएस एनटर्क १२५ सीसी जित्नका लागि सहभागी हुने प्रक्रिया

१. सामसङ स्मार्टफोन वा ट्याब्लेट खरीद गर्नुहोस्।

२. नयाँ खरीद गरिएको उपकरणको सिरियल नम्बर प्राप्त गर्न *#06# डायल गर्नुहोस्।

३. SAMSUNG<space>सिरियल नम्बर टाइप गरेर ३१००१ मा एसएमएस गर्नुहोस्।

४. इन्ट्रीको पुष्टि तुरुन्तै पाउनुहोस् र परिणामको प्रतिक्षा गर्नुहोस्। विजयी सिरियल नम्बरहरुको घोषणा इमेज च्यानलमार्फत् गरिने लाइभ लक्की ड्रमा गरिनेछ, जुन परिणाम भोलिपल्ट सामसङको अफिसियल फेसबुक पेजमा पनि पोस्ट गरिनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.