add

विश्वकप एशिया छनोटका लागि नेपाली टिमको घोषणा






ActPro Nepal

|

२६ साउन, २०८०

|
288

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी–ट्वान्टी विश्वकपको एशिया छनोटको लागि नेपाली टिमको घोषणा गरेको छ।

बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। रुवी पोदार, खुसी डंगोल र पूजा महतोले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएकी छिन्।

भारतको दिल्लीमा क्रिकेट सिकेर नेपाल आएकी पुजा ब्याटिङ अलराउन्डर हुन्। रुवी युवा विकेटकिपर ब्याटर हुन्। खुशी डंगोल लेग स्पिनर हुन् । पुजाले नेपालमा घरेलु क्रिकेट खेलेकी छैनिन्। तर प्रशिक्षणमा राम्रो प्रभाव छाडेपछि सिनियर टोलीमा परेकी हुन्। रुविले सुदुरपश्चिम र खुशीले बागमतीबाट घरेलु क्रिकेट खेल्छिन्। यी बाहेक टीममा सीता रानामगर, इन्दु बर्मा, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, अप्सरी बेगम, अस्मिना कर्माचार्य छन्।

विश्वकपको एशिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ। ​ एशिया छनौटमा १२ देशले भाग लिदै छन्। जसमा नेपाल समुह ए मा रहेको छ। समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन्। त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन्।

दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.