add

जेठसम्म वाणिज्य बैंकहरु नाफा ६७ अर्ब, ग्लोबल आइएमईले कमायो ६ अर्ब ५० करोड






ActPro Nepal

|

४ साउन, २०८०

|
288

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको (२०७९/८०) को जेठ मसान्तसम्म ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाखसम्ममा ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका बैंकहरुले जेठसम्म कुल ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन ।

बैंकहरू मध्ये नबिल बैंकले जेठसम्म ७ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । पूँजी कोष र चुक्ता पूँजीको आधारमा ग्लोबल आइएमई, इन्भेष्टमेन्ट मेगा बैंक अघि भए पनि व्यवसायिक प्रतिस्पर्धामा भने नबिल नै अघि देखिएको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ ।

एनएमबी बैंक, प्राइम कर्मसियल बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नेपाल बैंक र एभरेष्ट बैंकको नाफा ३ अर्ब माथि छ । यता कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआइ बैंकले २ अर्ब बढी नाफा गरेका छन् ।

लक्ष्मी सनराइज बैंक, माछापुछ्रे बैंक, सिटिजन्स बैंक, सनराइज बैंक र कृषि विकास बैंकको नाफा १ अर्बमाथि छ । आर्थिक वर्षको सुरुमा प्रणालीमा भएको तरलता संकट र त्यसपछि कर्जाको माग नहुँदा बैंकहरूले यस वर्ष लगानी गर्न सकेका छैनन् । यसका बाबजुत खुद नाफामा भने बैंकहरू बीच प्रतिस्पर्धा देखिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.