add

नेपाली इतिहासमै पहिलो पटक एक महिने लामो 'श्रीरामार्चन महायज्ञ' हुँदै






ActPro Nepal

|

१ साउन, २०८०

|
2105

काठमाडौं । समय-समयमा विभिन्न धार्मिक अनुष्ठान तथा महायज्ञहरूको आयोजना गर्दै आएको जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले नेपाली इतिहासकै लामो महायज्ञ गर्न लागेको छ । 

अनन्तश्री विभूषित जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (महायोगी सिद्धबाबा) को सत्संकल्पमा यस पटक पनि अधिकमास अर्थात पुरूषोत्तम मासको अवसर पारेर श्रावन २ गते देखी ३२ गतेसम्म 'श्रीरामार्चन महायज्ञ' गर्न लागेको हो । 

काठमाडौंको बालाजुचोक नजिकै रहेको  रामार्चन भवनमा एक महिने लामो रामावत् सम्प्रदायको इष्ट उपासना अन्तर्गतको श्रीरामार्चन महायज्ञ अनुष्ठानको दिव्य -भव्य वृहत आयोजना हुने जनाएको छ ।  


यस अघि  पटक - पटक मूल गद्दि जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ ) वराहक्षेत्र चतरा धाम एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका साखाहरू काठमाण्डौ , चितवन , सुर्खेत , पोखरा साथै अन्तराष्ट्रिय साखाहरू लगायतमा पनि श्रीरामार्चन महायज्ञ सम्पन्न गरिसकेको पीठले यस पटक भने एक महिनाको लामो अवधि सम्म रामार्चन महायज्ञ हुन लागेको नेपालको इतिहासमा यो प्रथम पटक भएको बताएको छ । 

यती स्वरूप रहनु भएका त्रिदण्डी स्वामी जगद्गुरू महायोगी सिद्धबाबाले शिव सहिंतामा उद्धरित भगवान शिव र माता पार्वतीको सम्वादरूपी सत्संगको गुढ रहस्यलाइ जनमानसमा प्रष्ट्याउँदै रामार्चन महायज्ञ श्रृष्टिको अनादिकाल देखीनै सम्पूर्ण दुःख - कष्टको निवृत्ती गरी समस्त ऐश्वर्य प्रदान गर्नेवाला एवं मोक्षदायीनी हुनुका साथै सम्पूर्ण यज्ञहरूको पनि यज्ञराज रहेको र यो कलियुगको अति दुर्लभ महायज्ञ भएको बताउनु भएको छ । 

यस्तो कलियुगको अति दुर्लभ महायज्ञ त्यो  एक महिना लामो अवधिसम्म हुन गइरहेको यस्तो महत कृपारूपी अवसरलाइ आफ्नो आत्म कल्याणार्थ अवसरको रूपमा लिन पनि प्रतिष्ठानले सम्पूर्ण जनमानसमा आह्वान गरेको छ ।

यो पनि पढ्नुहोस : 

अनन्त शक्ति प्राप्तिका लागि योग

बारम्बार सन्त-महात्मा र धर्ममाथि प्रहार हुँदा किन बोल्दैनन् हिन्दु धर्मका अभियन्ता ?

आम नागरिकको कलमबाट 'युग पुरुषको खोजी'

ऐतिहासिक धार्मिक स्थल बराहक्षेत्र, जहाँ एक दर्शनले चिताएको पुरा हुन्छ

बेलायती गृहमन्त्रीद्वारा नेपालकी 'श्रीरामचरितमानस' र 'भक्तमाल' कथा वाचिका चन्द्रकला सखीलाई सम्मान


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.