काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट ५३ हजार ९५० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ११ लाख ४२ हजार बढी जनाको भने हात रित्तो भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि असार १० देखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ३९ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।