add

२०८० असार १६ गते शनिबारको दैनिक राशिफल र पञ्चाङ्ग






ActPro Nepal

|

१६ असार, २०८०

|
1046

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० असार १६ गते, शनिवार, १ जुलाई २०२३। आषाढ शुक्लपक्ष त्रयाेदशी तिथि। अनुराधा नक्षत्र, १३ः१८ बजेपछि ज्येष्ठा। चन्द्रराशि– वृश्चिक।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, 

श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अपरिचितबाट राम्रो साथ मिल्नेछ। उन्नति प्रगति हुने देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

 आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.