काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग गर्दै प्रधान मन्त्रीदेखि सम्पूर्ण जिल्लाका प्रमुखलाई एकै पटक ज्ञापनपत्र बुझाएको छ ।
सोमवार केही व्यक्ति तथा राजनीतिक समूहले “लघुवित्तीय विरुद्धको संघर्ष समिति”नामको अवैधानीक समूह खडा गरी सुनियोजित तवरले वित्तीय संस्था जस्तो अति संवेदनशिल क्षेत्रमा आन्दोलन गरी कार्यक्रममा अवरोध गरेको भन्दै सुरक्षा मागेको हो ।
कपोलकल्पित आक्षेप लगाई अनर्गल प्रचार प्रसार गर्ने, वित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले वित्तीय संस्थाको कार्यालयमाताल्चालगाउने, यस क्षेत्रमा काम गर्ने लघुवित्त कर्मीहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने,कर्मचारीहरु माथि हातपात गर्ने, रकम कलम लुटपाट गर्ने जस्ता कानून विपरितका गतिविधि भईरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ हाम्रो जानकारीमाआएअनुसार यस्तो गतिविधिमालाग्नेहरुमध्ये अधिकांशले बैंक तथावित्तीय संस्थाको कर्जा लिएर नतिर्ने, अटेरी गर्ने, वित्तीयअनुशासननभएका, मादकपदार्थ सेवनगर्ने र समाजमाआर्थिक रुपमाबदनामभएकाहरु लागेका छन्।
कानूनबमोजिम स्थापनाभएकालघुवित्त वित्तीय संस्थाहरु खारेजी, “क”“ख” र “ग”वर्गका बैंक तथावित्तीय संस्थाबाट थोक कर्जा लिई र समूहका सदस्यहरुबाट बचत संकलन गरी ऋण लिनचाहने सदस्यहरुको माग र आवश्यकताअनुसार विधि पूरा गरीलगानीभएको कर्जा मिनाहागर्ने, निःशुल्ककर्जा प्रवाहको मागतथा लघुवित्त वित्तीय संस्थाहरुनै खारेज गर्नुपर्छ जस्ता विषयजो हामी सँग असम्बन्धित र अस्वभाविक मागहरु राखी निरन्तर रुपमा हाम्रो नियमित काममा बाधाव्यवधान गरिरहेको अवस्था छ ।
देशको संवैधानिककानूनभित्र रही सञ्चालनगरिएकाव्यवसायमाप्रत्यक्षआँच पु¥याउने, लाखौंजनताको बैंकिङ्गप्रतिको भरोसालाई प्रत्यक्षप्रभावपारी समग्र देशको अर्थतन्त्रमानकरात्मकप्रभावपार्ने जस्तागैर कानूनीगतिविधिहरु भैरहेकाले उक्त स्वार्थ समूहको आन्दोलनकानाममाभएका अवाञ्छित गतिविधितत्कालबन्दगरी शान्ति सुरक्षाको आवश्यकप्रबन्धमिलाउनकालागि लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघ बिनम्र अनुरोध गर्दछ ।
यस्ता गतिविधिहरु निरन्तर चली रहने, राज्यको संयन्त्रबाट असहयोग हुने, र हालको सुरक्षाअवस्थामा सुधार नभएमालघुवित्तवित्तीय संस्थाहरुलेअझ कडा कदमचाल्ने र यसका सम्पूर्ण सेवाहरु बन्दगर्नुपर्ने जस्ता अप्रिय निर्णय लिनबाध्यहुने व्यहोरा पनि प्रधानमन्त्रीमाअवगत गराउन चाहन्छौं ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।